ताजा समाचार

रेशम चौधरी प्रहरीको नियन्त्रणमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज प्रज्ञा भवन कमलादीमा आयोजना हुन लागेको जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम स्थलबाट उनलाई पक्राउ गरिएको छ । उनलाई सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका छन् ।

टीकापुर हत्या काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार फैसला कार्यान्वयनका लागि लेखी आएकोले उनलाई पक्राउ गरिएको जनाएका छन् ।

रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org