ताजा समाचार

रेशमलाई पक्रन पत्र लेख्ने अधिकृत प्रहरी नियन्त्रणमा

काठमाडौं । रेशम चौधरीलाई पक्राउ गर्न पत्र पठाउने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज, बुधबार रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न भन्दै सर्वोच्चका शाखा अधिकृत विष्टले लेखेको पत्र कानुनसम्मत नरहेको पाईएको छ । त्यस्तै, चौधरीलाई रिहा गर्न सर्वोच्चले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त हुने छन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट आज जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो ।

यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको र उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।

उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org