भारतीय ‘एयरस्पेस’ पाकिस्तानी विमानका लागि बन्द
काठमाडौं । पहलगाममा आतंकबादी आक्रमणपछि भारत र पाकिस्तान बिच तनाब बड्दो अवस्थामा रहेको छ । त्यहि अवस्थामा दुवै देश बिच जुनसुकै समयमा युद्धको सुरुवात हुन सक्ने अनुमानहरु भइरहेका छन् ।
दुवैदेश बिच बढ्दो तनाबका बीच बीच भारतले बुधबारदेखी पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई क्षेत्र बन्द गरेको जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ। यस सम्बन्धमा बुधबार साँझ एयरपोर्ट्स अथोरिटी अफ इन्डिया (एएआई)ले एक नोटम(नोटिस टू एयरमेन) जारी गरेको छ ।
यो बन्द पाकिस्तानमा पञ्जिकृत विमान, पाकिस्तानी एयरलाइन्स र अपरेटरका तर्फबाट चल्ने, यसको स्वामित्व, या भाडामा दिइएका विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् ।
यो प्रतिबन्द पाकिस्तानी सैन्य विमानमा पनि लागू हुने एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईसँग भनेका छन् ।
भारत र पाकिस्तानबीच सिधा उडान छैन । पाकिस्तानी एयरलाइन्स सिंगापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशमा आफ्नो उडानका लागि भारतीय हवाई क्षेत्रको प्रयोग गर्छन् ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले २३ अप्रिलमा कयौं कदम उठाएको थियो । यसमा सिन्धु जल सम्झौता निलम्बित, अटारीमा एक मात्र सञ्चालनमा रहेको क्रसिङ बोर्डर बन्द र राजनीतिक सम्बन्धलाई कम गरिएको थियो ।
यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो ।
सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












