पेस्तोल डान्स गरेर भाइरल बेनकी जसपा नेतृ भन्छिन् ‘खेलौना हो पेस्तोल होईन्’
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा पेस्तोल डान्स गरेको भिडियो भाइरल बनेपछि जसपा नेपालकी नेतृ डा.बबी सिंह यादवले यस विषयमा स्पष्टिकरण दिएकी छन् ।
एकाएक सामाजिक सञ्जालमा अन्य मानिस सहित पेस्तोल पड्काएर डान्स गर्दै गरेको भिडियो भाइरल बनेर ओलोचित बनेपछि यादवले यस विषयलाई लिएर बिहीबार सामाजिक सञ्जाल फेसबुकमा खेलौना पेस्तोल फायर गरेको बताएकि छन् ।
उनले लेखेकी छिन्, ‘हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’
उनले आफ्नो परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई अनुमति बिना सामाजिक सञ्जालमा हालेकोप्रति पनि घोर भर्त्सना समेत गरेकी छिन्।
पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् ।
उनको सो भिडिओका विषयमा सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरिले बोलाएर सोधपुछ गर्ने समेत जनाएको थियो ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












