रोजगारदाता र उद्यमीबीच समन्वय गर्न ‘श्रमसंसार पोर्टल’ सञ्चालन
काठमाण्डाै । सरकारले रोजगारदाता र उद्यमीबीच समन्वय गर्न ‘श्रमसंसार पोर्टल’ सञ्चालनमा ल्याएको छ । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ‘श्रमसंसार पोर्टल’ को शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्न पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने र एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्या समाधान हुने प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले श्रमिकको अधिकार रक्षा र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभयो । ‘श्रमसंसार पोर्टल’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको श्रम बजारसम्बन्धी आधिकारिक सूचना प्रवाह गर्ने सञ्जाल हो । मन्त्रालयका अनुसार यसबाट श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना उपलब्ध हुन्छन् ।
यो पोर्टल सङ्घ तथा प्रदेश सरकारको समन्वयमा हरेक पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र रोजागार खोज्ने व्यक्तिले समेत आफ्नो सीपको विज्ञापन गर्नसक्ने यस पोर्टलको विशेषता हो ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । २०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना !
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन्...
-
विश्वमा चट्याङबाट हुने जोखिममा नेपाल पाँचौँ स्थानमा !
काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते...
-
हैदरावादसँग पराजित भयो लखनउ, प्लेअफबाट बाहिरियो
काठमाण्डौ। लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो...