ताजा समाचार

आजबाट खुले सरकारी विद्यालय

काठमाडौं । काठमाडौंमा देशभरका शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै गरेको करिब एक महिना लामो शिक्षक आन्दोलन सरकार सँगको सहमतिमा स्थगित भए सँगै आज बाट सरकारी विद्यालयहरु खुलेका छन् ।

नयाँ शैक्षिकसत्रको प्ररम्भ हुनै लाग्दा देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । समयमा सरकार सँग सहमति जुट्न नसकेपछि करिब एक महिना लम्बिएको आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू विद्यालयमा फर्किएर आजबाट विद्यायल खोलेका हुन् । त्यस्तै विद्यालय कर्मचारी परिषद्ले भने आफूहरुलाई शिक्षक महासंघले धोका दिएको र आफ्ना मात्रै मुद्धामा सरकार सँग सहमति गरेको भन्दै शिक्षक महासंघ विरुद्ध नै आन्दोलन गर्ने घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org