तरकारी बेच्न नदिएको भन्दै नुवाकोटका स्थानियले रोके काठमाडौंका फोहोर बोक्ने गाडी

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका काठमाडौं महानगरपालिकाका ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।
महानगरबाट फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकिदिएका हुन् ।
बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले भनिन् ।
फोहोर बोक्ने गाडी रोकिएपछि बालाजु प्रहरी चौकीमा दुवै पक्षबीच वार्ता भइरहेको महानगरले जनाएको छ ।
Comments
अरु समाचार
-
गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान सञ्चालन
काठमाडौं । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार बिहीबारदेखि महानगरभित्रका...
-
गिरुबारी खोलाको पुल बर्खाअघि नै मर्मत गरिने
काठमाडौं । सोमबार राति ओभरलोड सवारीको कारण भासिएको गिरुबारी खोलाको पुल बर्खाअगाडि नै मर्मत गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
मरेको खसीको मासु बेच्ने दुईजना प्रहरी ‘पञ्जामा’
काठमाडौं । पोखरामा मरेको खसी काटेर बचेको आरोपमा ५४ किलो मरेको खसिको मासु सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
-
काठमाडौंमा ग्याँस लिक भएर आगलागी हुँदा महिलाको ज्यान गयो, दुईटा घर सखाप !
काठमाडौं । आज एका बिहानै काठमाडौंको मख्खन गल्लीमा एकजनाको ज्यान जाने गरेर भयानक आगालागी भएको छ । बिहान करिब ६ः५०...
-
अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको आज आरम्भ उद्घोष...
-
पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका...
-
सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
काठमाडौं । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट...
-
शताब्दीपुरुष जोशीको सालिक अनावरण
काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उहाँको सालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा...