सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने
काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारीका थोरै रकम भएका बचतकर्ताको रकम फिर्ता गर्न यस्तो नीति लिइएको उल्लेख छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै, सहकारीको तथ्याङ्क व्यवस्थित गर्न सरकारले विद्युतीय सूचना प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ । सहकारीको यकिन तथ्याङ्क नहुँदा समस्या समाधानमा असहज भइरहेको थियो ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि समस्याग्रस्त सहकारीमा रु पाँच लाखभन्दा थोरै बचत भएका पीडितलाई बचत फिर्ता गर्ने भनी उल्लेख गरिए पनि हालसम्म फिर्ता हुन नसकेको भनी सहकारीपीडितले आन्दोलन गरिरहेका छन् ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । २०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना !
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन्...
-
विश्वमा चट्याङबाट हुने जोखिममा नेपाल पाँचौँ स्थानमा !
काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते...
-
हैदरावादसँग पराजित भयो लखनउ, प्लेअफबाट बाहिरियो
काठमाण्डौ। लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो...