ताजा समाचार

सरकारले प्रदूषण कम गर्न सवारीसाधनमा यूरो ६ लागू गर्ने

काठमाडौं । सरकारले वायु प्रदूषण कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने भएको छ ।

बैशाख–१९ गते शुक्रबार, प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वायु गुणस्तरकारी योजना लागू गर्दै उक्त मापदण्ड लागू गर्ने बताएका छन् ।

‘एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भू–क्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनसंरचना र पुनस्थापनामा ध्यान दिइनेछ,’ उनले भने, ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गरिनेछ । संरक्षण क्षेत्रमा मानव प्रकिृतिसँग अस्तित्व कायम गरिनेछ ।’ उनले वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सरल बनाइने बताए ।

सवारीसाधनले गर्ने प्रदूषण कम गर्न विश्वभर प्रदूषण मापदण्ड कायम हुँदै आएको विश्वसनिय मापदण्डको रुपमा यूरो–६ रुपमा यसलाई लिने गरिन्छ । यो समयानुकुल परिमार्जन हुने गर्दछ । विश्वभर यूरो स्ट्यान्डर्डलाई धेरै देशहरुले मान्यता दिने गरेका छन् । त्यसैलाई आधार मानेर आ–आफ्नो देशमा मापदण्ड तय गरेका हुन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org