ताजा समाचार

कुशल बाहिरिँदा युवराज जस्ता नयाँ प्रतिभाले बनाए स्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल राष्ट्रिय टिमको क्याम्पबाट बाहिरिएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको कोर क्याम्पमा ५३ खेलाडीलाई राखेको थियो ।

क्यानले शनिबार दोस्रो चरणको क्याम्प लिस्टमा २५ खेलाडीको नाम सार्वजनिक गर्दा कुशल मल्ल अटाएनन् । यस्तै देव खनाल, कोर क्याम्पमा शतक प्रहार गरेका इशान पाण्डे, उमेर समूह र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका युवा ब्याटर अर्जुन कुमाल जस्ता खेलाडी अटाएनन् । यस्तै, मिडियम पेसर कमल सिंह ऐरी पनि २५ जनामा अटाएनन् ।

क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन् । २५ जनाको लिस्टमा युवा स्पीनर युवराज खत्रीले भने स्थान बनाएका छन्। आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेका युवराज त्यसपछि कोर क्याम्पमा थपिएका थिए ।

उनले दोस्रो चरणमा पनि स्थान बनाएका छन् । राष्ट्रिय टिमबाट अहिलेसम्म नखेलेका शुभ कंसाकार, रुपेश कुमार सिंह, किरण ठगुन्ना र युवराज खत्रीले २५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

नेपालले जुनमा स्कटल्याण्ड र नेदरल्याण्डसँग स्कटल्यान्डमै लिग टू को सिरिज खेल्नेछ । त्यसको तयारीका लागि नेपालले यही मे मा यूके भ्रमण गर्नेछ ।

यूके भ्रमणमा नेपालले एमसीसी सहित चार क्लब टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले स्कटल्याण्ड ए टोलीसँग दुई अभ्यास खेल खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org