कुशल बाहिरिँदा युवराज जस्ता नयाँ प्रतिभाले बनाए स्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल राष्ट्रिय टिमको क्याम्पबाट बाहिरिएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको कोर क्याम्पमा ५३ खेलाडीलाई राखेको थियो ।
क्यानले शनिबार दोस्रो चरणको क्याम्प लिस्टमा २५ खेलाडीको नाम सार्वजनिक गर्दा कुशल मल्ल अटाएनन् । यस्तै देव खनाल, कोर क्याम्पमा शतक प्रहार गरेका इशान पाण्डे, उमेर समूह र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका युवा ब्याटर अर्जुन कुमाल जस्ता खेलाडी अटाएनन् । यस्तै, मिडियम पेसर कमल सिंह ऐरी पनि २५ जनामा अटाएनन् ।
क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन् । २५ जनाको लिस्टमा युवा स्पीनर युवराज खत्रीले भने स्थान बनाएका छन्। आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेका युवराज त्यसपछि कोर क्याम्पमा थपिएका थिए ।
उनले दोस्रो चरणमा पनि स्थान बनाएका छन् । राष्ट्रिय टिमबाट अहिलेसम्म नखेलेका शुभ कंसाकार, रुपेश कुमार सिंह, किरण ठगुन्ना र युवराज खत्रीले २५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
नेपालले जुनमा स्कटल्याण्ड र नेदरल्याण्डसँग स्कटल्यान्डमै लिग टू को सिरिज खेल्नेछ । त्यसको तयारीका लागि नेपालले यही मे मा यूके भ्रमण गर्नेछ ।
यूके भ्रमणमा नेपालले एमसीसी सहित चार क्लब टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले स्कटल्याण्ड ए टोलीसँग दुई अभ्यास खेल खेल्नेछ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












