कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार परीक्षार्थी
काठमाडौं । आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।
यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार एक सय ३३ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। परीक्षा सञ्चालनको लागि मनाङ र मुस्ताङमा १र१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा धेरै विद्यार्थीले परीक्षा दिने काठमाडौँ जिल्लामा भने एक सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ।
यस वर्ष कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी कक्ष १२ को परीक्षामा सहभागी हुँदैछन्। त्यसैगरि कोसी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेसबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।
परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्ने बोर्डले जनाएको छ। बोर्डले यही वैशाख ११ देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको हो।
परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ। कक्षा ११ र १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन्। बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोवाइल फोन, स्मार्ट घडी लगायत अन्य कुनै पनि प्रकारका इलेक्टोनिक्स डिभाइस लैजान रोक लागाइएको जनाएको छ।
यदि कसैले परीक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरु जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने र सम्पूर्ण विषयको परीक्षा पनि रद्द हुने चेतावनीसमेत बोर्डले दिएको छ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८२ जेठ २ गते शुक्रवार
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै...
-
सगरमाथाको चुचुरो चुम्ने महामन्त्री शर्माको संकल्प !
काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर...
-
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।...
-
कांग्रेस नेता बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन...
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...