ताजा समाचार

डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाले बागमती नदीको डाइभर्सन बगाउँदा हेटौँडाबाट काठमाडौं जाने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

लगातार परेको वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको छ ।

अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org