ताजा समाचार

घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे दाउन्नेमा यात्रुलाई सधै सास्ती

काठमाडौं । नवलपरासीको दाउन्नेमा सवारीसाधन चिप्लिँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । लगातार परेको अविरल वर्षाका कारण पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दाउन्ने सडक चिप्लिँदा सवारीको लाम लागेको छ ।

बुटवल नारायणगढ सडकखण्ड बिस्तारकोक्रममा रहेको दाउन्ने खण्डमा गएराती देखि परेको वर्षाले सडक हिलाम्य भएपछी सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठुला र मालबहाक सवारी उकालो र ओरालो सडकमा चिप्लिँदा सवारी आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताए ।

ठुला र मालबहाक सवारी उकालो उक्लन नसक्दा यात्रु बहाक सवारी र साना सवारी पनि जाममा पर्नुपरेको छ ।

निर्माण सुरु भएपछि घाम लाग्दा हिलाम्मे र पानि पर्दा धुलाम्मे बन्ने यस सडक खण्डबाट यात्रा गर्दा यात्रुले सास्ती भोग्दै यात्रा गर्नु परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org