ताजा समाचार

शिक्षकमाथि खुँडा प्रहार गर्ने विद्यार्थी पक्राउ

काठमाडौं । शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

बैशाख १९ गते बिहान करिब १०ः३० बजे तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुल नजिकै हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण भएको थियो ।

रक्षाचौर निवासी ३७ वर्षीय श्रेष्ठलाई सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय सुरेश सुनारले एक्कासी खुँडा प्रहार गरी घाइते बनाएका थिए ।

श्रेष्ठको बायाँ कुम र दुवै हातको पाखुरामा चोट लागेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको थियो ।

घटनापछि फरार रहेका आरोपी सुरेश सुनारलाई खोजी गर्ने क्रममा प्रहरीले बैशाख २० गते तुलसीपुर–४ हलुवारबाट पक्राउ गरेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org