ताजा समाचार

६० वर्षीय वृद्धको हत्या गर्ने तीनजना प्रहरी नियन्त्रणमा

धादिङ। धाधिङका ६० वर्षीय चूडामणि कँडेलको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २, डुँडेठाँटी बस्ने कँडेलको हत्या गर्नेहरुलाई प्रहरीले पक्राउपछि सार्वजनिक पनि गरेको छ । गत चैत २७ गते शौचालयमा मृत अवस्थामा फेला परेका कँडेलको हत्या गरिएको भन्ने प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय धादिङले ती तीन जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई धादिङको गजुरी–२ डुँडेठाटी बस्ने ३६ वर्षीय अक्कलबहादुर प्रजा, राक्सिराङ–९ बस्ने २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् ।

मृतक कँडेलले श्रीमती सुस्मिता सिलुवालको हत्या गर्नका लागि अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएका र प्रजाले यो काममा पृथलाल र सञ्चलाललाई पनि सहभागी गराएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूले सुस्मिताको हत्या गर्न पटक–पटक प्रयास गरे पनि नसकेपछि कँडेलले आफ्नो काम नभएको भन्दै पैसा फिर्ता मागेका थिए । कँडेलले निकै दबाव दिएपछि उनीहरूले कँडेलकै हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org