ताजा समाचार

आईसीसी टी–२० छनोटः नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खेल नेपालले हङकङसँग खेल्ने भएको छ ।

क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गर्दै सो विषयमा जानकारी दिएको हो । क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह सी मा रहेको छ भने, नेपाल रहेको समूहमा नेपाल सहित, हङकङ र बहराइन रहेका छन् ।

समूह चरणका खेल डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।

तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

सोहि प्रतियोगिताको तयारीका लागि नेपाली टोली हाल भारतमा तयारी गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org