भारतको KIIT विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको छानबिन गर्न सरकारलाई सभामुखको रुलिङ
काठमडौं । भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न सभामुख देवराज घिमिरेले सरकालाई रूलिङ गरेका छन्।
आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारलाई रुलिङ गर्दै उक्त मृत्यु प्रकरणको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन गरेका हुन्।
‘नेपाली विद्यार्थी प्रिशा साहको बारेमा माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानआकर्षण भएको छ। उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एक पछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएकाले एउटा गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।
साथै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चितता गर्न पनि उनले निर्देशन दिएका छन्। पर्साको वीरगञ्ज निवासी प्रिशा गत बिहीबार राति आफ्नै होस्टल कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
यस अघि पनि उक्त विश्वविद्यालयमा नेपाल छात्रा प्रकृति लम्सालको होस्टेलमै शंकास्पद रुपमा मृत्यु भएको थियो । यस घटनालाई लिएर सरकारले कुटनीतिक पहल समेत थालेको जनाएको छ । यस घटनाको छानबिनको माग गर्दै चौतर्फि आवाज उठिरहेको छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











