क्याम्पसको सम्पतीमा नेविसंघको श्रङ्खलाबद्ध आक्रमण, पब्लिक युथको घटना सेलाउन नपाउँदै आरआरमा तोडफोड
कतै चुनाव हुन नदिन तोडफोड, कतै हुनुपर्छ भरेर तोडफोड
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले आरआर क्याम्पसमा तोडफोड गरेको छ ।
निर्वाचन समितिले स्ववियुको नेतृत्व सर्वसम्मत चयन गरेको भन्दै कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको हो ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले त्यसको विरोध गर्दै आएको थियो । तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छन् भने, प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत तोडफोड गरेका छन् ।
सामाजिक सञ्जालमा भाईरल बनेको भिडियोमा आक्रोशीत नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट झट्टी हानेर फ्याँकेका देखिन्छ ।
पब्लिक युथमा नेविसंघ कार्यकर्ताले गरेको तोडफोड,
त्यस्तै कांग्रेस निकट सोहि नेविसंघले केही समय अघि पब्लिक युथ क्याम्पसमा पनि तोडफोड गरेको थियो ।
त्रिविको व्यावस्थापन संकाय अन्तरगत व्यावस्थापन संकाय पढाइ हुने पब्लिक युथ क्याम्पसमा नेविसंघले स्ववियुको चुनाव हुन नदिन साथ तोडफोड गरेको थियो । उक्त तोडफोडबाट क्याम्पसको आईटी कक्षमा भएका कम्युटर, ल्यापटप, प्रिन्टर फुटाइएको थियो ।
पब्लिक युथ क्याम्पस स्रोतका अनुसार तोडफोडबाट लाखौंको क्षति हुनुका साथै, महिना दिनसम्म आईटी कक्ष सञ्चालनमा नआउँदा विद्यार्थीले मर्का व्यहोर्नु परेको थियो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












