क्याम्पसको सम्पतीमा नेविसंघको श्रङ्खलाबद्ध आक्रमण, पब्लिक युथको घटना सेलाउन नपाउँदै आरआरमा तोडफोड
कतै चुनाव हुन नदिन तोडफोड, कतै हुनुपर्छ भरेर तोडफोड
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले आरआर क्याम्पसमा तोडफोड गरेको छ ।
निर्वाचन समितिले स्ववियुको नेतृत्व सर्वसम्मत चयन गरेको भन्दै कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको हो ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले त्यसको विरोध गर्दै आएको थियो । तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छन् भने, प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत तोडफोड गरेका छन् ।
सामाजिक सञ्जालमा भाईरल बनेको भिडियोमा आक्रोशीत नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट झट्टी हानेर फ्याँकेका देखिन्छ ।
पब्लिक युथमा नेविसंघ कार्यकर्ताले गरेको तोडफोड,
त्यस्तै कांग्रेस निकट सोहि नेविसंघले केही समय अघि पब्लिक युथ क्याम्पसमा पनि तोडफोड गरेको थियो ।
त्रिविको व्यावस्थापन संकाय अन्तरगत व्यावस्थापन संकाय पढाइ हुने पब्लिक युथ क्याम्पसमा नेविसंघले स्ववियुको चुनाव हुन नदिन साथ तोडफोड गरेको थियो । उक्त तोडफोडबाट क्याम्पसको आईटी कक्षमा भएका कम्युटर, ल्यापटप, प्रिन्टर फुटाइएको थियो ।
पब्लिक युथ क्याम्पस स्रोतका अनुसार तोडफोडबाट लाखौंको क्षति हुनुका साथै, महिना दिनसम्म आईटी कक्ष सञ्चालनमा नआउँदा विद्यार्थीले मर्का व्यहोर्नु परेको थियो ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...











