दुवै सदनको बैठक आज पनि, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
बैठकमा सोमबार जस्तै सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
सोमबार सरकारको नीति तथा कार्यक्रम व्यवहारिक,जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका थिए ।
आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए । दिनभर भएका बहसमा यस्तै छनक देखिन्थ्यो ।
बैठकको अन्तिमतिर छलफलमा भाग लिनुभएका नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमलाई समर्थन जनाउनुभयो । उहाँले पर्याप्त स्रोतसाधन र राजनीतिक अस्थिरताका कारण कार्यन्वयन चुनौती देखिँदै आएकाले यसमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । थापाले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने सबै प्रकारका चुनौतीको सामना गर्न राजनीतिक दलहरू एकठाउँमा उभिन आह्वान गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमृतलाल राजवंशीले नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी रहेको भन्दै समर्थन जनाए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा रूपान्तरण गर्नु सुखद् भएको भनाइ राखे ।
यस्तै,नेकपा (एमाले) का सांसद अमृतादेवी अग्रहरीले देशको आवश्यकता समेटेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गरिन्। एमाले सांसद वासुदेव घिमिरेले उचित समयमै नीति तथा कार्यक्रम र बजेटबीचको तालमेल सुनिश्चित गर्न पूर्वयोजना र अनुगमन प्रणालीलाई बलियो बनाउनपर्ने सुझाव दिए।
उनले खाद्य वस्तुको आयातमा निर्भरता घटाउन बीउ उत्पादन प्रवर्द्धन,गुणस्तरीय मल वितरण र सिँचाइ सुविधा विस्तार,आधुनिक कृषि उपकरणमा अनुदान,सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमले कृषि क्षेत्रमा उल्लेखय योगदान हुने विश्वास व्यक्त गरे।
नेकपा सांसद अम्बरबहादुर रायमाझीले मुलुकको अर्थतन्त्रमा रहेको शिथिलता अन्त्य गर्दै विश्वासिलो,भरपर्दो र व्यावसायिक वातावरण तयार पारी वर्तमान आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति तथा कार्यक्रमको उद्देश्य रहेको बताए ।
एमाले सांसद किरणकुमार साहले देशभरमा अलपत्र र रुग्ण अवस्थामा रहेका पुलको निर्माण सम्पन्न गराउन ध्यानार्कषण गराउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेशी र दूरदर्शी रहेको भन्दै समर्थन जनाउनुभयो । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिव नेपालीले नीति तथा कार्यक्रमले नयाँ मार्गदर्शन दिन नसकेको दाबी गरे ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












