उता भारत-पाकिस्तान युद्ध चर्किँदो, यता नेपालमा उच्च सतर्कता
काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानबीच युद्ध चकिँदैछ । यता नेपालमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता बढाउँदै गएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपालका सीमानाका र विमानस्थलमा सुरक्षा निगरानी थप बलियो बनाउने निर्णय गरेको छ ।
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको छ ।
भारतले पहलगाम आक्रमणमा संलग्न उग्रवादीहरूलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गरेको छ ।
भारत सरकारको जबाफी कारबाहीबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर यसले पार्नसक्ने प्रभावबारे नेपाल गम्भीर हुनुपर्ने आवाज संसद्मा उठेको छ । भारत र पाकिस्तान दुवै देश सम्मिलित दक्षिण एशियाली सहयोग सङ्गठन सार्कको अध्यक्षता हाल नेपालले गरिरहेको छ ।
यसअघि वैशाख ९ गते पहलगाममा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेका थियो । तर हिजो बिहान भारतले पाकिस्तानको कश्मीर र पन्जाबका केही ठाउँमा गरेको क्षेप्यास्त्र आक्रमण तथा सीमा क्षेत्रमा भएको दोहोरो हमलाबारे नेपालले केही बोलेको छैन । भारत र पाकिस्तानबीच फेरि बढेको सैन्य तनावले क्षेत्रीय अशान्तिको चिन्ता थपेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












