ताजा समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । पछिल्ला दिनहरुमा लगातार बढि रहेको सुनको मूल्य आज पनि बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला ६ सय रुपैँयाले बढ्दै सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org