तीनकुने घटनाका ३६ आरोपित रिहा, ५२ अझै हिरासतमा
काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप ३६ जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका विभिन्न कसुरका आरोपितलाई हाजिरि जमानीमा रिहा गरिएको हो।
उनीहरुविरुद्ध मुद्दा दायर गरिने भएपनि अहिलेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने गरी छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छाडिएको हो। अब यी दुई कसुरमा ५२ जना हिरासतमा छन्।
राज्यविरुद्धको कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र चैत १५ गतेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईँसहित छन्। उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति दिएको छ।
आपराधिक उपद्रवमा भने थप ७ दिन हिरासतमा राख्न बिहीबार नै म्याद थप भएको छ। आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका २१ जनालाई पहिल्यै रिहा गरिएको थियो।
राज्यविरुद्धको कसुरमा भने राप्रपाका महामन्त्री समेत रहेका धवलशमशेर राणा पहिल्यै छुटेका छन्। उनलाई स्वास्थ्यको कारण देखाएर रिहा गरिएको थियो। रिहा भएपछि राणा भारतमा उपचार गराएर फर्किएका छन्।
उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो भने करोडौँ जनधनको क्षति समेत भएको थियो।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












