तीनकुने घटनाका ३६ आरोपित रिहा, ५२ अझै हिरासतमा
काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप ३६ जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका विभिन्न कसुरका आरोपितलाई हाजिरि जमानीमा रिहा गरिएको हो।
उनीहरुविरुद्ध मुद्दा दायर गरिने भएपनि अहिलेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने गरी छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छाडिएको हो। अब यी दुई कसुरमा ५२ जना हिरासतमा छन्।
राज्यविरुद्धको कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र चैत १५ गतेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईँसहित छन्। उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति दिएको छ।
आपराधिक उपद्रवमा भने थप ७ दिन हिरासतमा राख्न बिहीबार नै म्याद थप भएको छ। आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका २१ जनालाई पहिल्यै रिहा गरिएको थियो।
राज्यविरुद्धको कसुरमा भने राप्रपाका महामन्त्री समेत रहेका धवलशमशेर राणा पहिल्यै छुटेका छन्। उनलाई स्वास्थ्यको कारण देखाएर रिहा गरिएको थियो। रिहा भएपछि राणा भारतमा उपचार गराएर फर्किएका छन्।
उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो भने करोडौँ जनधनको क्षति समेत भएको थियो।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











