अख्तियारमा उजुरी पर्ने बित्तिकै आत्तिनु पर्दैनः आयुक्त सिलवाल
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनु पर्नेमा जोड दिएका छन् । अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुको तौलिहवामा शुक्रबार आयोजित भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले उक्त कुरामा जोड दिएका हुन् ।
उजुरीका क्रममा बोलाउनु भनेको सफाईकालागि मौका दिएको बुझ्नु पर्ने आयुक्त सिलवालले स्पष्ट पारे । सिलवालले भने,‘सधैँ उजुरीले नराम्रो गर्ने मात्र होइन, केहीले राम्रो समेत गर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी बुटवल स्थित कार्यालयकी प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल १ हजार ४८ उजुरी परेका जानकारी दिइन् । रुपन्देहीमा सबै भन्दा बढी ३ सय ९१ उजुरी परेका छन् । रुपन्देही पछि कपिलवस्तुमा दोश्रो बढी उजुरी परेको भट्टराईले जानकारी दिइन् । नवलपरासी पश्चिम १ सय १२, अर्घाखाँची ७७, गुल्मी ७१, नवलपरासी सुस्ता पूर्व ६६, प्युठान १४ र दाङका १३ उजुरी परेका हुन् । गत आर्थिक वर्ष जिम्मेवारी सरेर आएका ४ सय ३४ र यस वर्ष नौ जिल्लामा गरी १ हजार ४८ मुद्दा रहेका थिए । जसमध्ये १ हजार ५८ मुद्दा फछ्र्यौट भई ४ सय २४ मुद्दा मात्र बाँकी रहेको भट्टराईले बताईन ।
सबैभन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, मायादेवी र यशोधरा गाउँपालिकाका ३१÷३१, बाणगंगा नगरपालिकाका १७, सुद्धोदन १६, विजयनगर १४,महाराजगंज नगरपालिका ११ र शिवराज नगरपालिकाका ९ उजुरी रहेका छन् । उजुरी परेका मध्ये १ सय ३० को विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको र त्यस मध्ये ७० वटाको अनुसन्धान सम्पन्न गरिएको भट्टराईले बताईन् ।
कार्यक्रमको अवसरमा प्रजिअ दिल कुमार तामाङले पारदर्शी, जिम्मेवारी र विधिअनुसार काम गर्नु पर्ने बताए । व्यक्ति केन्द्रित र आफूलाई नै साध्य मानेर काम गर्ने प्रवृत्तिले गर्दा भ्रष्ट्राचार बढेको उनले स्पष्ट पारे । आफूले भ्रष्ट्राचार गरे पनि दूधको धोएको जस्तो देखिने र अरुलाई भ्रष्ट्राचारी देख्ने चलन बढेकोले समेत समस्या आउने गरेको जनाउँदै उनले कानुनले निषेधित गरेका काम गर्न नहुनेमा जोड दिए ।
कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कपिलवस्तुमा आफैंले सहमति गर्ने अनि उसैले अख्तियारमा उजुरी गर्नै प्रवृत्ति बढेको बताए । उनले केहीले दुःख दिनैका लागि समेत उजुरी दिने गरेको बताए । उनले अख्तियारले समेत यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिकामा अनावश्यक अख्तियारमा उजुरी परेकोले कर्मचारीको मनोबल खस्किएको बताए । उनले अहिले सम्म दिएको उजुरीमा कोही पनि दोषी नदेखिएकाले समेत यो दुःख दिने नियतले नै गरिएको भन्ने प्रस्ट भएको बताए । उनले दुःख दिने नियतले गरिएको उजुरीका बिषयमा अख्तियारले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा १४ जनाले विभिन्न जिज्ञासा राखेका थिए । आयोगका सह सचिव रमेश कुमार केसीले जिज्ञासाका बिषयमा सुझाव दिएका थिए । कार्यक्रममा महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, मायादेबी गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमान लगायतको सहभागिता थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तुका २ सय ३५ उजुरी परेका छन् । संघीय, प्रदेश र स्थानीय तह गरी उक्त संख्यामा उजुरी परेका हुन् । नौ महिना र गत वर्ष जिम्मेवारी सरेर आएको गरी कुल ३ सय ५० मध्ये २ सय ८० कपिलवस्तुका १० पालिकाबाट आएको तथ्यांक सार्वजनिक भएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











