भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन् ?
इस्लामावाद। भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम सहमति जनाएका बताउनुभएको छ । अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्नुभएको छ ।
सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेको भन्दै उहाँले दुवै देशलाई बधाई दिनुभयो ।भारतका विदेश सचिव विक्रम मिश्रीले पनि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । भारतीय समयानुसार आज बेलुकी ५ बजेदेखि दुवै पक्षले जमिन, हावा र समुद्रमा सबै प्रकारका गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको विदेश सचिव मिश्रीले बताउनुभयो ।
गएको महिना भारत-प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले पाकिस्तानलाई आतङ्ककारीलाई सघाएको आरोप लगाएको थियो । तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो ।पहलगाम आक्रमणको जवाफ दिन भन्दै भारतले यो हप्ता पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न ठाउँमा हवाई हमला गरेको थियो ।त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए । ती आक्रमणमा दुवै देशमा मानिसहरू हताहत भएको विवरण आएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











