देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
उता, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४३ मिनेटमा हुनेछ ।
Comments
अरु समाचार
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
बन्दीपुरमा बस र टिप्पर एकापसमा जुध्दा दुर्घटना !
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे नजिक आज बिहान बस र टिप्पर एकापसमा जुध्दा बसमा सवार ७ जना घाइते...
-
संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिने
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाले सार्वजनिक गरेको दैनिक कार्यसूचीले नै...
-
आजको मौसमः पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरी
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त...
-
हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरूद्ध
काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन...
-
देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी...
-
कोशीको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा...
-
चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
काठमाडौं । चितवनको चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक...
-
श्रीमति र छोरीको विश्वास नहुँदा बालेनको जापान भ्रमण रद्द, सल्लाहकार महालेखा र अख्तियारको नजरमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' अन्तिममा आएर जापान जानबाट पछि हटेका छन् । मन्त्रिपरिषद्ले ३० वैशाखदेखि १...