युक्रेनसँग युद्ध रोक्ने पक्षमा रुस, पुटिनले गरे वार्ताको आह्वान
मस्को । युक्रेनसँग युद्ध रोक्ने पक्षमा रुस देखिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिधा वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आह्वान गरेका छन् । उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन्। ‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहन्छौँ,’ शनिबार टेलिभिजन सम्बोधनमा पुटिनले भने।
बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो। यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको थियो।
पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए। उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताएका छन्। पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयाब अर्डोगानसँग पनि सल्लाह गर्ने छन्। यो विषयमा युक्रेनको भने प्रतिक्रिया आइसकेको छैन।
Comments
अरु समाचार
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...