आज बुद्ध जयन्तीः लुम्बिनीमा विशेष कार्यक्रम आयोजना
काठमाण्डौ । शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका ठाउँमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत ठाउँमा विशेष कार्यक्रम हुँदैछ । यी ठाउँमा बिहानैदेखि चहलपहल छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यसैबीच बुद्धको जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाएर सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ ।
बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्यालीको आयोजना गरिने र मूल कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रचारप्रसार समिति ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । त्यस अवसरमा देश तथा विदेशबाट हजारौं श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
कसरी हुँदैछ औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि?
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकन प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढाउने तयारी गरिएको छ । श्रम, रोजगार...
-
इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी
तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार्यो नेपाल
काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्यान्ड्सले जीतका...
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...
-
आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल...
-
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री(पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...