ताजा समाचार

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं । विश्व क्रिकेट जगतका सर्वाधिक लोकपृय खेलाडी तथा भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। केही दिनअघि अगाडि रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए।

त्यसयता विराटले पनि सन्न्यास लिनेबारेमा मनस्थिति बनाइरहेको समाचारहरु सार्वजनिक भएका थिए । विराटले आफूले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिन चाहेको बारेमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए ।

भारतले इंग्ल्यान्डसँगको महत्त्वपूर्ण टेस्ट शृङ्खला खेल्दैछ। त्यस अगाडि नै विराटले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका हुन् । तर बोर्डले भने विराटलाई पुनर्विचार गर्न आग्रह गरेको थियो ।

कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ, किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तान हुन्। उनले २०१४ देखि २०२२ सम्म टेस्ट टोलीको नेतृत्व गरेका थिए र ६८ म्याचमा ४० जित हासिल गरेका थिए।

विराट कोहलीले सन् २०११ मा भारतका लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। हालसम्म उनले १२३ खेल खेलिसकेका छन्। जसमा १२३० रन बनाएका छन्।

यसअघि नै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। गत जुनमा विश्वकप जिते पश्चात् कप्तान रोहित शर्मा र विराट कोहलीले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

इंग्ल्यान्डविरुद्धको आगामी शृंखलालाई मध्यनजर गर्दै बीसीसीआईले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। रोहितको अनुपस्थितिमा कोहलीको अनुभव र ब्याटिङ क्षमता टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org