एक्सपर्ट एजुकेशनको चौथो शाखा बानेश्वरमा उद्घाटन
काठमाडौं । नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न सहजीकरण गर्ने तथा विदेशका शैक्षिक प्रतिष्ठानसँग समन्वय गराउने काममा सक्रिय रहेको एक्सपर्ट एजुकेशन नेपालले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सोमबार विस्तार भएको यो चौथो शाखा हो । एक्सपर्ट एजुकेशनले विश्वमा ७० भन्दा बढी शाखाबाट सेवा सञ्चालन गरिरहेको छ । नेपालमा २५ शाखा छन् भने काठमाडौं उपत्यकामा मात्रै चार शाखामार्फत काम गरिरहेको एक्सपर्ट एजुकेशन नेपालका नेपाल निर्देशक खेमराज संग्रौलाले जानकारी दिए ।
नयाँ शाखाको उद्घाटन गर्दै नेपाल क्रिकेट एशोसिएनका सचिव पारस खड्काले नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको सपनालाई एक्सपर्टले पूरा गर्ने गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
शाखाको उद्घाटन गर्ने क्रममा खड्काले एक्सपर्ट एजुकेशनले नेपालीको शैक्षिक विकाससँगै जीवनस्तर उकास्नेगरी काम गरिरहेको बताए । संस्थाको लक्ष्य पनि एक्सपर्टसँग जोडिने सबैलाई सहयोग गर्ने र सहज वातावरणमा काम गर्ने पाएको भन्दै उनले यसको शाखा विस्तारको हिस्सेदार बन्ने अवसर पाउँदा हर्सित भएको बताएका छन् ।
एक्सपर्ट एजुकेशन नेपालले नेपाली विद्यार्थीलाई बेलायत, अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनको सहजीकरण गर्ने गरेको निर्देशक संग्रौलाले बताएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











