एमालेलाई मीनबहादुरको दान कानूनसम्मत, बिन्दा र उषाकिरण के गर्लान ?
काठमाडाैं । सर्वोच्च अदालतले बहुचर्चित एमाले मुख्यालय निर्माण विवादमा ऐतिहासिक फैसलाको पूर्णपठ सार्वजनिक गर्दै जग्गा दानलई वैध भनिदिएको छ ।
व्यवसायी मीनबहादुर गुरुङले एमाले मुख्यालय निर्माण गर्न भन्दै १० रोपनी जग्गा दान दिएको विषयमा परेको मुद्दाको फैसलामा सर्वोच्चले प्रचलित कानुनले जग्गा दान लिन निषेध नगरेको भन्दै अब भने अचल सम्पत्ति स्वीकार गर्ने सम्बन्धी मापदण्ड आवश्यक भएको औल्याएको हो ।
मीनबहादुरबाट जग्गा दान स्वीकार गर्ने एमालेको निर्णयमा आपत्ति जनाएपछि पार्टी कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले कारबाहीमाथि प्रश्न उठाइरहेका थिए भने भीम रावलले समेत चर्को आलोचना गरिरहेका थिए । तर, सर्वोच्चले जग्गा दन लिने विषयलाई अवैध नभनिदिएपछि उनीहरु समेत नैतिक संकटमा फसेका छन् ।
‘पार्टीले कारबाही गरेपछि अहिले फुकुवाको विषयमा कुराकानी चलिरहेको छ । तर, माफी माग्नुपर्ने विषय समेत उठिरहेको छ । सर्वोच्चले फैसलाको पूर्णपाठबाटै जग्गा दानलाई अवैध भन्न नमिल्ने भनेपछि कारबाहीमा परेकाहरु थप संकटमा परेका छन् । सम्भवत पार्टी जिम्मेवारीमा फर्किन माफी र आत्मालोचना आवश्यक हुन्छ होला ।’ एम नेताले न्यूज नेपालसंग भने ।
उसतोः सर्वोच्चले राजनीतिक दलहरुले लिने अचल सम्पत्ति र चन्दाउपहारको मापदण्ड सम्बन्धी कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सर्वोच्च अदालतले १ पुस, २०८१ मा नै जग्गा दान लिने काम प्रचलित कानुन विपरित नदेखिएको भन्दै रिट निवेदन खारेज गरेको थियो । त्यही निर्णयको पूर्णपाठ सार्वजनिक गर्दैै सर्वोच्चले अचल सम्बन्धी लिने मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
‘संविधान र प्रचलित कानुनले दललाई कुनै व्यक्ति वा संस्थाबाट अचल सम्पत्ति दानबकस लिन नपाउने गरी बन्देज लगाएको देखिएन’ न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले तयार पारेको पूर्णपाठमा भनिएको छ, ‘दलले अचल सम्पत्ति सम्बन्धी दान चन्दा स्वीकार गर्ने मापदण्ड सम्बन्धी कानुन निर्माण गर्नुपर्ने अवस्था देखिन्छ ।’
भाटभटेनीका सञ्चालन मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माण गर्न भन्दै कीर्तिपुरको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान गरेका थिए । यो विषयमा ठूलो विवाद सिर्जना भएको थियो । भने एमाले अध्यक्ष केपी ओलीमाथि अनेक लान्छना समेत लगाइएका थिए । तर, सर्वोच्चले नै यस्तो आदेश गरेपछि भने ओलीको नैतिक बल बढेको हो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











