विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।
समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो ।
वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए पनि नेपालको जितका लागि पर्याप्त भएन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गथरेको नपालले ३ विकेट गुमाए २९ रन बनाएको हो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ७ बल खेल्दै १ चौका मदतमा सर्वाधिक १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इन्दु वर्माले १० बलमा अविजित ९ रन जोडिन् ।
हङकङका लागि अलिसन सिउले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।
जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । यस हारपछि समूह विजेता बनेर सुपर थ्री मा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।
नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...











