बंगलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु !
काठमाडौं । बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ।
स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए। ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ।
ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगंज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ।
ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन संख्याको तत्काल पुष्टि गर्न सकेनन्। बंगलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो।
यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो। विगत केही वर्षयता बंगलादेशमा चट्याङ लागेर हुने मृत्युको संख्या तीव्र रूपमा बढ्दै गएको छ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बंगलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ।
Comments
अरु समाचार
-
जी सेभेनको बैठक छाडेर अमेरिका फर्किए ट्रम्प, तेहरान खाली गर्न आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्। मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र...
-
इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी
तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन...
-
इजरायल पुगेका मेयर कोइराला उतै फसेपछि…
काठमाडाैं । इजरायलको औपचरिक निमन्त्रणा मान्न त्यहाँ पुगेका विराटनगरका मेयर नागेश कोइराला जारी युद्धका कारण इजरायलमै फसेका छन् । इजरायलले...
-
केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना !
काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ । आर्यन...
-
आइतबारदेखि बंगलादेशमा दैनिक ४० मेघावाट विद्युत निर्यात शुरु
काठमाडाैं । नेपालले बंगलादेशलाई आजदेखि ४० मेघावाट विद्युत निर्यात शुरु गरेको छ । गएको वर्ष कात्तिक ३० गते एकदिनमात्र परिक्षणको...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
लस एन्जलसमा प्रदर्शन उग्र बन्दै, ठाउँ ठाउँमा तोडफोड र आगजनी
काठमाडौं। अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ...