नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार अब टेन्डरको प्रतिस्पर्धा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनीबीच सीमित भएको छ।
पासपोर्ट छपाइका लागि विभागले दुई प्याकेजमा टेन्डर आह्वान गरेको थियो। प्याकेज १ मा तीन कम्पनीले आवेदन दिएका थिए, जसमा जर्मनीको मुलबउर, फ्रान्सको आईडेमिया र अमेरिकाको आइरिसिस थिए। तर प्राविधिक मूल्यांकनमा आइरिसिस अस्वीकृत भएपछि अब केवल मुलबउर र आईडेमिया मात्रै प्रतिस्पर्धामा छन्।
प्याकेज २ मा भने चार कम्पनीले आवेदन दिएका थिए –आईडेमिया, मुलबउर, भेरिडोस (जर्मनी) र पीडब्लु पीडब्लु (पोल्यान्ड)। यी सबै कम्पनी प्राविधिक मूल्यांकनमा छानिएका छन्।
अब टेन्डर प्रक्रियाको अर्को चरणमा विभागले जेठ १४ गते ९२८ मे० मा आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ। यसअघि मंसिर १३ मा विभागले पहिलोपटक टेन्डर आह्वान गर्दा टेन्डर एक कम्पनीलाई मात्र अनुकुल हुने गरी तयार गरिएको भन्दै विवादमा परेको थियो।
फ्रान्सको बहुराष्ट्रिय कम्पनी आईडेमियाको प्रभावमा टेन्डरको स्पेसिफिकेसन तय गरिएको आरोप लागेपछि विभागले आवेदन दिने म्याद १ महिना बढाएर अन्ततः फेब्रुअरी २१ सम्म पुर्याएको थियो।
हाल पासपोर्ट छपाइ गरिरहेको कम्पनी पनि आईडेमिया नै हो। यो कम्पनीले हालका दुवै प्याकेजमा प्रतिस्पर्धा गरिरहेको छ। जर्मन कम्पनी मुलबउर पनि दुवै प्याकेजमा सामेल छ।अब टेन्डर प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











