नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार अब टेन्डरको प्रतिस्पर्धा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनीबीच सीमित भएको छ।
पासपोर्ट छपाइका लागि विभागले दुई प्याकेजमा टेन्डर आह्वान गरेको थियो। प्याकेज १ मा तीन कम्पनीले आवेदन दिएका थिए, जसमा जर्मनीको मुलबउर, फ्रान्सको आईडेमिया र अमेरिकाको आइरिसिस थिए। तर प्राविधिक मूल्यांकनमा आइरिसिस अस्वीकृत भएपछि अब केवल मुलबउर र आईडेमिया मात्रै प्रतिस्पर्धामा छन्।
प्याकेज २ मा भने चार कम्पनीले आवेदन दिएका थिए –आईडेमिया, मुलबउर, भेरिडोस (जर्मनी) र पीडब्लु पीडब्लु (पोल्यान्ड)। यी सबै कम्पनी प्राविधिक मूल्यांकनमा छानिएका छन्।
अब टेन्डर प्रक्रियाको अर्को चरणमा विभागले जेठ १४ गते ९२८ मे० मा आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ। यसअघि मंसिर १३ मा विभागले पहिलोपटक टेन्डर आह्वान गर्दा टेन्डर एक कम्पनीलाई मात्र अनुकुल हुने गरी तयार गरिएको भन्दै विवादमा परेको थियो।
फ्रान्सको बहुराष्ट्रिय कम्पनी आईडेमियाको प्रभावमा टेन्डरको स्पेसिफिकेसन तय गरिएको आरोप लागेपछि विभागले आवेदन दिने म्याद १ महिना बढाएर अन्ततः फेब्रुअरी २१ सम्म पुर्याएको थियो।
हाल पासपोर्ट छपाइ गरिरहेको कम्पनी पनि आईडेमिया नै हो। यो कम्पनीले हालका दुवै प्याकेजमा प्रतिस्पर्धा गरिरहेको छ। जर्मन कम्पनी मुलबउर पनि दुवै प्याकेजमा सामेल छ।अब टेन्डर प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











