कविता- देश, राजा र यो समय
-ज्ञानेन्द्र गदाल
फिक्कल, ईलाम
हाल: अमेरिका।
यो माटो
पहाड, तराई, र हिमालको यो सिमाना
रगत बगाएर शत्रुसँग जोगाउँदे
आफु कसैमाथि जाइ नलागी
आइलाग्नेलाई देश डांडो कटाउँदै
विशाल आकाशको परिकल्पना गरेर
यो देश बनाएको त राजाहरुले नै हुन्।
संघर्ष र बलिदानले भुगोल जोडेर
रगत, पसिना, र भावनाले
एकताको जग गोडेर
निर्माण गरिएको हो यो सिंगो नेपाल
तरवारको धारले सीमाना कोरेर
वीरताको गाथा लेखिएको हो
र गाडिएको हो स्वतन्त्रताको खम्बा |
शासन मात्रै गरेनन् राजाहरूले
देशलाई आफ्नै मुटुलाई झैं माया गरे
इतिहास यहि भन्छ, आफू हारेर पनि
देशलाई जिताउन राजाहरु नै अघि सरे
साथ लिए नेपाली जनताको
यो देश बनाएको त राजाहरुले नै हुन्।
हिजो आज
दुर्गन्धित राजनीतिको नदीले
इतिहास बगाउन खोज्दैछ
विदेशीको खान्की खाएर
आफूलाई बादशाह सम्झनेहरु
यो देश गिद्धले सिनो लुछेझैँ लुछ्तैछन्
उनीहरुलाई त केवल जोगाउनु छ-
विदेशीको बलमा हत्याएको
सत्ता र शक्तिले मात्तिएको कद;
हकवालालाई जबर्जस्ति पन्छाएर
आपुतालीमा पाएको आफ्नो पद,
किनकी,
देश उनीहरुले त चलाएका मात्रै हुन्
यो देश बनाएका त राजाहरूले हुन् ।
टुक्रा-टुक्रा राज्यहरु जोडेर
राजाले सिंगो नेपाल नबनाएको भए
मेचीकाली हिमालतराई कोरेर
राजाले नेपाली अस्तित्व नजमाएको भए
कहाँ हुन्थ्यो र हाम्रो नेपाल !
कहाँ हुन्थ्यौं र हामी नेपाली !!
यी सब बिर्सेर बर्तमान शासकहरु
आफ्ना निम्ति जनता वली चढाउँदैछन्
र गर्दैछन् शहिद र स्वतन्त्रताका कुरा
यी लम्पटलाई के थाहा !
शहिदहरू जन्मनु अगाडि नै
राजाहरूले स्वतन्त्रताको कथा कोरेका थिए
देशको स्वाभिमानकै निम्ति राजाहरुले
ज्यानको बाजी लगाएर शत्रुसँग लडेका थिए
दरबारहरू केवल विरासत मात्र होइनन्
गाथाहरू केवल इतिहास मात्र होइनन्
यो भूमि तिनै सपनाहरूले बनेको छ
जसलाई राजाहरूले बोकेका थिए ।
तर आज,
इतिहास बिर्सने प्रयास हुँदैछ
इतिहास मेट्ने प्रपञ्च रचिंदैछ
राजा, तिनका त्याग, बलिदान, गाथा
कुनै पुरानो कथा झैँ बनाइँदैछ ।
स्मरण रहोस, यो देश केवल
कागजमा कोरिएको चुच्चे नक्शा होइन,
ओठेभक्तिमा समेटिएको राष्ट्रियता होइन
देश, माटोमा खसेका रगतका प्रत्येक थोपा हुन्
देश, परिश्रमी हातबाट निस्केका पौरखहरु हुन्
र हाम्रो कर्तव्य हो
पुर्खाको पौरख जोगाइराख्ने
पुर्खाको गौरव बचाइराख्ने |
तर,
देश बनाउने हातहरू,
आज कमजोर भइरहेछन्
देश जोगाउने छातीहरू,
आज भत्किइरहेछन्।
न्यायको घामलाई ग्रहण लागेको छ,
समृद्धिको आकाश वादलले ढाकेको छ।
तथापि हामीले,
देश बनाउनु छ, देश बचाउनु छ
आक्रान्त यो देशको, मुहार हसाउनु छ
त्यसैले हामी यो नभुलौं
यो देश त राजाहरूले नै बनाएका हुन्।
देशलाई राजा चाहिन्छ !
जो सत्य र न्यायमा अड्न सकोस्,
जनताको हितमा अघि बड्न सकोस्
जो देशलाई आफ्नै घर मानोस्
सिंहासनलाई होइन,
जनतालाई आफ्नो ताकत ठानोस्
देश हाँस्दा खुशी हुने
देश रुँदा दुखि हुने
एक सवल पात्रको खाँचो हो
त्यो पात्र केवल राजा हुन्
भन्ने कुरा नै अब साँचो भो |
हो,
हिजो राजा थिए, कसैसंग डर थिएन
हिजो राजा थिए, कसैलाई अभर थिएन
हिजो राजा थिए, सबैमा अनुशासन थियो
हिजो राजा थिए, देशमा सुशासन थियो ।
देश बनाउन विशाल छाती चाहिन्छ
अठोट भलिभाँती चाहिन्छ
देश जोगाउन दह्रिला हात चाहिन्छ,
देशप्रेमप्रति आत्मसात चाहिन्छ
यी सब भएका त राजै हुन्
जो सिर्फ आफ्नै जनतासँग झुक्छन् बरु
विदेशीको मोलतोलमा बिक्दैनन्
जो सदैव देशलाई शिरमा राख्छन्
जसका सामु अन्यायको अवशेष टिक्तैनन्।
हामीले देख्यौँ
राजाबिना सडकमा भीड अराजक भएको
राजाबिना सत्ताका व्यापारीहरु स्वच्छन्द रहेको
राजाबिना देशको सिमाना धकेलिएको
राजाबिना राष्ट्रको स्वाभिमान धमिलिएको।
त्यसैले,
अब हामी गम्भिर हुनैपर्छ
यदि देश बचाउनु छ भने
र देश बनाउनु पनि छ भने,
यो देशलाई अब राजा चाहिन्छ;
यो देश बनाएको पनि राजाले हुन्,
यो देश बचाएको पनि राजाले हुन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











