कविता- देश, राजा र यो समय
-ज्ञानेन्द्र गदाल
फिक्कल, ईलाम
हाल: अमेरिका।
यो माटो
पहाड, तराई, र हिमालको यो सिमाना
रगत बगाएर शत्रुसँग जोगाउँदे
आफु कसैमाथि जाइ नलागी
आइलाग्नेलाई देश डांडो कटाउँदै
विशाल आकाशको परिकल्पना गरेर
यो देश बनाएको त राजाहरुले नै हुन्।
संघर्ष र बलिदानले भुगोल जोडेर
रगत, पसिना, र भावनाले
एकताको जग गोडेर
निर्माण गरिएको हो यो सिंगो नेपाल
तरवारको धारले सीमाना कोरेर
वीरताको गाथा लेखिएको हो
र गाडिएको हो स्वतन्त्रताको खम्बा |
शासन मात्रै गरेनन् राजाहरूले
देशलाई आफ्नै मुटुलाई झैं माया गरे
इतिहास यहि भन्छ, आफू हारेर पनि
देशलाई जिताउन राजाहरु नै अघि सरे
साथ लिए नेपाली जनताको
यो देश बनाएको त राजाहरुले नै हुन्।
हिजो आज
दुर्गन्धित राजनीतिको नदीले
इतिहास बगाउन खोज्दैछ
विदेशीको खान्की खाएर
आफूलाई बादशाह सम्झनेहरु
यो देश गिद्धले सिनो लुछेझैँ लुछ्तैछन्
उनीहरुलाई त केवल जोगाउनु छ-
विदेशीको बलमा हत्याएको
सत्ता र शक्तिले मात्तिएको कद;
हकवालालाई जबर्जस्ति पन्छाएर
आपुतालीमा पाएको आफ्नो पद,
किनकी,
देश उनीहरुले त चलाएका मात्रै हुन्
यो देश बनाएका त राजाहरूले हुन् ।
टुक्रा-टुक्रा राज्यहरु जोडेर
राजाले सिंगो नेपाल नबनाएको भए
मेचीकाली हिमालतराई कोरेर
राजाले नेपाली अस्तित्व नजमाएको भए
कहाँ हुन्थ्यो र हाम्रो नेपाल !
कहाँ हुन्थ्यौं र हामी नेपाली !!
यी सब बिर्सेर बर्तमान शासकहरु
आफ्ना निम्ति जनता वली चढाउँदैछन्
र गर्दैछन् शहिद र स्वतन्त्रताका कुरा
यी लम्पटलाई के थाहा !
शहिदहरू जन्मनु अगाडि नै
राजाहरूले स्वतन्त्रताको कथा कोरेका थिए
देशको स्वाभिमानकै निम्ति राजाहरुले
ज्यानको बाजी लगाएर शत्रुसँग लडेका थिए
दरबारहरू केवल विरासत मात्र होइनन्
गाथाहरू केवल इतिहास मात्र होइनन्
यो भूमि तिनै सपनाहरूले बनेको छ
जसलाई राजाहरूले बोकेका थिए ।
तर आज,
इतिहास बिर्सने प्रयास हुँदैछ
इतिहास मेट्ने प्रपञ्च रचिंदैछ
राजा, तिनका त्याग, बलिदान, गाथा
कुनै पुरानो कथा झैँ बनाइँदैछ ।
स्मरण रहोस, यो देश केवल
कागजमा कोरिएको चुच्चे नक्शा होइन,
ओठेभक्तिमा समेटिएको राष्ट्रियता होइन
देश, माटोमा खसेका रगतका प्रत्येक थोपा हुन्
देश, परिश्रमी हातबाट निस्केका पौरखहरु हुन्
र हाम्रो कर्तव्य हो
पुर्खाको पौरख जोगाइराख्ने
पुर्खाको गौरव बचाइराख्ने |
तर,
देश बनाउने हातहरू,
आज कमजोर भइरहेछन्
देश जोगाउने छातीहरू,
आज भत्किइरहेछन्।
न्यायको घामलाई ग्रहण लागेको छ,
समृद्धिको आकाश वादलले ढाकेको छ।
तथापि हामीले,
देश बनाउनु छ, देश बचाउनु छ
आक्रान्त यो देशको, मुहार हसाउनु छ
त्यसैले हामी यो नभुलौं
यो देश त राजाहरूले नै बनाएका हुन्।
देशलाई राजा चाहिन्छ !
जो सत्य र न्यायमा अड्न सकोस्,
जनताको हितमा अघि बड्न सकोस्
जो देशलाई आफ्नै घर मानोस्
सिंहासनलाई होइन,
जनतालाई आफ्नो ताकत ठानोस्
देश हाँस्दा खुशी हुने
देश रुँदा दुखि हुने
एक सवल पात्रको खाँचो हो
त्यो पात्र केवल राजा हुन्
भन्ने कुरा नै अब साँचो भो |
हो,
हिजो राजा थिए, कसैसंग डर थिएन
हिजो राजा थिए, कसैलाई अभर थिएन
हिजो राजा थिए, सबैमा अनुशासन थियो
हिजो राजा थिए, देशमा सुशासन थियो ।
देश बनाउन विशाल छाती चाहिन्छ
अठोट भलिभाँती चाहिन्छ
देश जोगाउन दह्रिला हात चाहिन्छ,
देशप्रेमप्रति आत्मसात चाहिन्छ
यी सब भएका त राजै हुन्
जो सिर्फ आफ्नै जनतासँग झुक्छन् बरु
विदेशीको मोलतोलमा बिक्दैनन्
जो सदैव देशलाई शिरमा राख्छन्
जसका सामु अन्यायको अवशेष टिक्तैनन्।
हामीले देख्यौँ
राजाबिना सडकमा भीड अराजक भएको
राजाबिना सत्ताका व्यापारीहरु स्वच्छन्द रहेको
राजाबिना देशको सिमाना धकेलिएको
राजाबिना राष्ट्रको स्वाभिमान धमिलिएको।
त्यसैले,
अब हामी गम्भिर हुनैपर्छ
यदि देश बचाउनु छ भने
र देश बनाउनु पनि छ भने,
यो देशलाई अब राजा चाहिन्छ;
यो देश बनाएको पनि राजाले हुन्,
यो देश बचाएको पनि राजाले हुन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












