युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ ।
यो घोषणा रुस र युक्रेनबिच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो ।
तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आउनुभएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताउनुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताउनुभयो ।
यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो ।
दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइ आएको हो ।
शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनिबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै र रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको आह्वान दोहोर्याउनुभयो ।
“कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन”, उहाँले भन्नुभयो ।
आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए ।
किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एक महिला, एक पुरुष र चार वर्षीय बच्चा घाइते भएको लेख्नुभएको छ ।
मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए ।
युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबिचको बैठक हुने जानकारी दिनुभयो ।
– ट्रम्पद्वारा रक्तपातको निन्दा –
रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।
“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भन्नुभयो ।
रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले ‘सम्भावित भविष्यको युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ बताउनुभयो तर कहिले भन्ने बताउनभएन ।
क्रेमलिनले पहिले युद्धबन्दीहरूको आदानप्रदान पूरा गर्नुपर्ने र अर्को चरणको वार्ता तय गर्नुअघि दुवै पक्षले युद्धविरामका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताएको छ ।
“अहिलेका लागि हामीले प्रतिनिधिमण्डलहरू हिजो टर्कीमा सहमत भएका कुराहरू गर्न आवश्यक छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो, “जसको अर्थ एक हजारका लागि एक हजार आदानप्रदान पूरा गर्नु हो ।”
युक्रेनका सैन्य गुप्तचर प्रमुख किरिलो बुदानोभले प्रसारणकर्ता टिएसएनलाई अर्को हप्ता कैदी आदानप्रदान हुने आशा गरेको बताउनुभयो ।
शनिबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले उहाँ सोमबार पुटिनसँग ‘रक्तपात’ बाट बाहिर निस्कने उपाय खोज्नबारे छलफल गर्न कुरा गर्ने बताउनुभयो ।
त्यसपछि युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध।।। अन्त्य हुने आशा व्यक्त गर्दै उहाँले जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताउनुभयो ।
मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबिचको द्वन्द्वबारे बैठकको आवश्यकतामाथि जोड दिएका छन् ।
ट्रम्पले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क दिनुभएको छ ।
– वास्तविक प्रगति –
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गर्नुभएको छ ।
सिबिएसलाई दिएको अन्तर्वार्तामा उहाँले लाभरोभले आफूलाई मस्को युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्ताबेज तयार गरिरहेको बताउनुभएको जानकारी दिनुभयो ।
“यदि रुस र मस्को दुवैले ‘गम्भीर र व्यावहारिक’ प्रस्तावहरू प्रदान गर्न सक्छन् भने ‘त्यहाँ वास्तविक प्रगति भएको छ र हामी त्यसमा काम गर्न सक्छौँ’”, रुबियोले भन्नुभयो ।
बसमा भएको आक्रमण बिलोपिल्ल्या सहर नजिकै भएको स्थानीय समुदायका प्रमुख युरी जार्कोले सुस्पिलेन टिभीलाई बताउनुभयो । अधिकारीहरूका अनुसार मृतकहरूमा तीन जनाको परिवार रहेको थियो ।
अन्यत्र युद्ध भूमिमा रुसी सेनाले आफ्ना सैनिकहरूले पूर्वी डोनेट्स्क क्षेत्रमा ओलेक्सान्द्रोपिल गाउँ कब्जा गरेको बताएको छ । त्यहाँ सबैभन्दा तीव्र लडाइँ भइरहेको छ ।
जेलेन्स्कीले वार्ताका लागि टर्की जान अस्वीकार गरेपछि पुटिनलाई ‘डराएको’ आरोप लगाउनुभयो र रुसले वार्तालाई गम्भीरताका साथ लिएको छैन भनी तर्क गर्नुभयो ।
“हिजो इस्तानबुलमा सबैले कुनै महत्त्वपूर्ण शक्ति नभएको कमजोर र तयारीबिनाको रूसी प्रतिनिधिमण्डल देखे । यो परिवर्तन हुनुपर्छ । हामीलाई युद्ध अन्त्य गर्न वास्तविक कदमहरू चाहिन्छ”, जेलेन्स्कीले शनिबार भन्नुभयो ।
जेलेन्स्कीले शुक्रबार इस्तानबुल वार्ता असफल भएमा नयाँ प्रतिबन्धहरूसहित विश्वबाट ‘कडा प्रतिक्रिया’ को आह्वान गर्नुभएको थियो ।
मस्कोले ‘बिना शर्त युद्धविराम’ अस्वीकार गर्न जारी राखेमा युरोपेली राष्ट्रहरूले थप प्रतिबन्धहरूमा वासिङ्टनसँग समन्वय गरिरहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनुभयो ।
शनिबार जेलेन्स्कीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग रुसविरुद्ध नयाँ र प्रभावकारी प्रतिबन्धका बारेमा कुरा गरेको बताउनुभयो ।
इस्तानबुल वार्ताका क्रममा युक्रेनी पक्षले रुसले ‘अस्वीकार्य’ क्षेत्रीय मागहरू गरेको बताएको थियो ।
मस्कोले सन् २०२२ को आक्रमणपछिको चार र सन् २०१४ मा कब्जा गरेको दाबी गरेको क्रिमियासहित पाँच युक्रेनी क्षेत्र दाबी गरेको छ ।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












