२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ । आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन्।
सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताइन् । संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक रहेको उनले बताइन्।
त्यस्तै उनले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठान गरिने उल्लेख गरे। मन्त्री राणाले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्ने साझा प्रतिवद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन पुगेको बताइन्।
उनले सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी दिइन् । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक सगरमाथा सम्वाद आयोजना गरेको हो । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका थिए ।
Comments
अरु समाचार
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
कसरी हुँदैछ औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि?
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकन प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढाउने तयारी गरिएको छ । श्रम, रोजगार...
-
इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी
तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार्यो नेपाल
काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्यान्ड्सले जीतका...
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...
-
आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल...
-
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री(पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...