प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट !
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौंस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो ।
यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।
भेटका अवसरमा नेपाल र युरोपियन युनियनबिचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।
उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट गर्नुभयो ।
‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसात् गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट गरे।
उनले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने जनाए।
प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गरे ।
युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए ।
उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चा अधिकारीलगायत सहभागी थिए।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












