ताजा समाचार

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !

काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।

पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए । चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालयले बताएका छन् । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org