विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।
जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई थिए । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेको नेतृत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. दिनेश भट्टराई पूर्वसचिव तीन जना सिफारिस गरेकोमा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ ।’, मन्त्री गुुरुङले भने ।
मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको दाबी समेत गरेका छन् ।
सरकार ढल्ने चर्चा हल्लामै सिमित
गभर्नर नियुक्तिको विषयलाई लिएर धेरैले सरकार ढल्ने जिकिर गर्दै आएका थिए । गभर्नर नियुक्तिमा प्रदानमन्त्री केपी ओलीले निहु खोजेको जस्ता समाचर सार्वजनिक भएपनि गभर्नर निुयक्तिसंगै गठबन्धनमा समस्या नरहेको प्रष्ट सन्देश प्रवाह भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नै एमालेसंगको गठबन्धन सहज ठानिरहेको बेला चलेका हल्लालाई सरकारले निस्तेज पारेको छ भने सरकारले आफ्नो गतिमा काम गर्ने सन्देश समेत दिएको छ ।
Comments
अरु समाचार
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...












