ताजा समाचार

बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  बैतडी केन्द्रविन्दु भएर आज बिहानपख भूकम्पको धक्का महसुस भएको छ । खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बुझिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ ।

बिहानका राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । गहिरो निद्रामा रहेका बेला आएको भूकम्पले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org