अमेरिकी आकाशमा उडिरहेको विमान घना बस्तीमा बज्रिएपछि !
काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार बिहान कुहिरोका कारण एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनाका कारण करिब १५ घरमा आगलागी भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
दुर्घटनापछि जेट इन्धन चारैतिर फैलिएको अग्नि नियन्त्रण विभागका एक अधिकारीले सञ्चारमाध्यमलाई बताएका हुन्। हाम्रो पहिलो लक्ष्य यहाँ उपस्थित सबै घरहरूको खोजी गर्नु र सबै मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु रहेको उनको भनाइ छ।
विमान दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन। संघीय उड्डयन प्रशासन (एफएए) ले सेस्ना ५५० विमान मोन्टगोमेरी–गिब्स कार्यकारी विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको बताएको छ।
एफएएले विमानमा कति जना सवार थिए भन्ने कुरा अझै थाहा नभएको बताएको छ। यो विमानको छ देखि आठ जनासम्म यात्रु बोक्ने क्षमता रहेको छ। दुर्घटना सैन्य निवास क्षेत्र नजिकै भएको थियो।
यो घटना स्थानीय समय अनुसार बिहान ३:४७ बजेतिर सैन्य आवास क्षेत्र टियरासान्ता नजिकै रहेको साल्मन स्ट्रिटको ३१०० ब्लकमा भएको थियो । सान डिएगो अग्नि-उद्धार डिभिजन प्रमुख डान एडीका अनुसार घटनास्थलबाट अहिलेसम्म कसैलाई पनि अस्पताल लगिएको छैन।
आगलागीमा धेरै घर र सवारी साधनहरू जलेका छन्। यहाँ बस्ने धेरै परिवारहरूले नजिकैको पार्किङ स्थलमा आश्रय लिएका छन् र घर फर्कने प्रतीक्षामा छन्।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












