एम्बाप्पेले जिते पहिलो सिजनमै युरोपियन ला–लिगा गोल्डन बुट
काठमाडौं । फ्रान्सेली फुटबल स्टार खेलाडी किलियन एम्बाप्पेले २०२४–२५ को सिजनमा ला लिगामा शीर्ष गोलकर्ता बनेर युरोपियन गोल्डन बुट जितेका छन्।
यस सिजनमा कूल ३१ गोल गरेर गर्दै एम्बाप्पेले गोल्डन बुट जितेका हुन् । युरोपको युएफएको गुणांक प्रणालीअनुसार स्पेनिश लिगका प्रत्येक गोल २ अंकको हुन्छ। एम्बाप्पेले ३१ गोल गरेर ६२ अंक हासिल गरेका छन्।
उनी स्पोर्टिङ सीपीका भिक्टर ग्योकेरेस (३९ गोल, ५८.५ अंक)लाई पछि पार्दै शीर्ष स्थानमा पुगे। लिभरपुलका मोहम्मद सलाहले प्रिमियर लिगको अन्तिम म्याचमा ह्याट्रिक गर्नुपर्ने थियो तर उनले १ गोल मात्र गरे र ५६ अंकमै सीमित भए।
एम्बाप्पेको यो उपलब्धिले उनको स्पेनमा पहिलो सिजनलाई ऐतिहासिक बनायो। उनले ५५ म्याचमा ४२ गोल गरेका छन्। ला लिगामा मात्र ३४ खेलमा ३१ गोल गरेर उनले ‘पिचिची ट्रफी’ (ला लिगाको शीर्ष गोलकर्ता) जिते।
रियल म्याड्रिडमा डेब्यु सिजनमै यो उपलब्धि हासिल गर्ने उनी २००७ मा रुड भ्यान निस्टेल्रोय पछि पहिलो खेलाडी बनेका छन्। साथै, उनले विश्वभरिको क्लब स्तरमा एक सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइने ‘गेर्ड मुलर ट्रफी’ पनि जिते।
एम्बाप्पेले यसैगरी धेरै रेकर्ड तोडे। उनले अल्फ्रेडो डि स्टेफानोको ७१ वर्ष पुरानो (डेब्यु सिजनमा धेरै गोल गर्ने) रेकर्ड र इभान जामोरानोको ३३ वर्ष पुरानो (क्लबका लागि डेब्यु सिजनमा कुल गोल) रेकर्ड तोडे। उनी ला लिगा इतिहासमा डेब्यु सिजनमै ३०ं गोल गर्ने प्रुडेन, रोमानो र रोनाल्डो नाजारियोपछि चौथो खेलाडी बने।
२०२४ को सुरुमा फ्री ट्रान्सफरमा आएका एम्बाप्पेले फुटबल इतिहासको सबैभन्दा प्रत्याशित ट्रान्सफर भएको दाबीलाई सार्थक बनाए। अब उनको सिजन अझै सकिएको छैन। अर्को महिना फिफा क्लब विश्वकप खेल्ने रियल म्याड्रिडले उनलाई अझ धेरै गोल गर्ने अवसर दिनेछ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...












