एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएको छ।
कमलादीस्थित नवनिर्मित भवनमा पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट जेठ १० गते समुद्घाटन भएसँगै बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा सरेको हो ।
यसअघि थापाथलीस्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरूबाट आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो।
कार्यालय स्थानान्तरण भएसँगै ग्राहकहरू तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।
उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
Comments
अरु समाचार
-
मुस्ताङमा पहिलो पटक एआई ड्रोनमार्फत वन गस्ती सुरु
काठमाडौं । मुस्ताङमा पहिलो पटक एआई प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र...
-
विदेशी मुद्राको विनिमय दर : बुधबारका लागि कुन विदेशी मुद्राको दर कति ?
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
१ हजार १८१ जनाले लिए हिमाल आरोहणको अनुमति
काठमाण्डाै । यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका...
-
नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार सवा तीन अर्ब नाघ्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएको सरकारको निष्कर्ष, विद्युतीय चुह्लोमा अनुदान दिइने
काठमाडौँ। आर्थिक वर्ष २०९२ र ९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका...
-
आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
काठमाण्डौ - सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता...












