ताजा समाचार

‘गृहमन्त्रीले राजिनामा नदिएसम्म सदन चल्दैन्’

काठमाडौं ।आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले भिजिट भिषा प्रकरणमा गृहमन्त्रालय र मन्त्रालयको नेतृत्वको संलग्नता रहेको भन्दै त्यसको निश्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन् ।

बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका प्रतिपक्षी दलहरुले गृहमन्त्री लेखकको राजिनामा माग गरेका हुन् ।

प्रतिपक्षी दलहरूका तर्फबाट बोलेका माओवादीका सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म संसदको नियमित प्रक्रिया अघि बढ्न नसक्ने बताएका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छ भनेर आफूहरूले अहिले दाबी नगरेको पनि सांसद पुनको भनाइ छ। ‘यति गम्भीर विषय उठेपछि गृहमन्त्रीले मार्गप्रशस्त गरिदिनुस्, निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुस्। त्यो अवस्था नभएसम्म सम्पूर्ण प्रतिपक्षीका तर्फबाट नियमित प्रक्रिया अघि बढ्न नसक्ने जानकारी गराउँदछौं,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org