आईपीएलमा आजः लखनउ र आरसीबी बिच प्रतिस्पर्धा हुने
काठमाडौं । भारतमा जारि इन्डियन प्रिमियर लिग–आईपीएल २०२५मा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरू प्रतिस्पर्धा गर्दै छन् ।
लिग चरणको अन्तिम खेलमा दुबै टोलीले जारि सिजनमा पहिलो पटक एकअर्काविरूद्ध खेल्न लागेका हुन् ।
आरसीबी आजको खेलमा जित हासिल गर्दै प्लेअफको शिर्ष स्थानमा रहने लक्ष्यका साथ मैदान उत्रने छ भने, प्लेअफ होडबाट बाहिरीसकेको लखनउ जित निकाल्दै सम्मानजनक बहिर्गमनको लक्ष्य सहित मैदानमा उत्रने छ ।
जारि सिजनमा उत्कृष्ट प्रर्दशनका साथ १३ खेलमा ८ जित र ४ हारसहित १७ अंक सहित तालिकको तेस्रो स्थानमा छ । आजको खेल जिते आरसीबी शीर्ष २ मा आफ्नो स्थान पक्का गर्ने छ ।
त्यस्तै, एलएसजीले भने १३ खेलमा ६ जित र ७ हारसँगै १२ अंक जोडेको छ । आजको खेल जितेमा लखनउ सनराइजर्स हैदराबादलाई पछिपार्दै छैटौँ स्थानमा रहेर लिग समाप्त गर्नेछ ।
आईपीएल इतिहासमा एलएसजी र आरसीबीबीच हालसम्म ५ खेल भएका छन् । जसमा आरसीबीले ३ खेल जितेको छ भने एलएसजीले २ खेलमा जित निकालेको छ ।
सन् २०२४ को सिजनमा दुबै टोलीबीच १ मात्र खेल भएको थियो । जसमा एलएसजीले जित निकाल्न सफल भएको थियो ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











