नेपालीहरुको प्रतिव्यक्ति आय १५१७ डलर !
आगामी वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने !
काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालीहरुको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५१७ अमेरिकी डलर पुगेको बताएका छन् । आज प्रतिनिधिसमाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्रीले नेपालीको प्रतिव्यक्ति आय बढेको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको पहिलो आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको बताए । मन्त्री पौडेलका अनुसार चालु आवमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ ।
‘प्रदेशगत रूपमा मधेश प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ,’ उनले भने, ‘चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।’
यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको छ ।
त्यस्तै, औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको मन्त्री पौडेलले बताए ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
इजरायल-इरानको ‘क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली’ कति शक्तिशाली ?
काठमाडौं । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ। तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?
काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित...
-
आजको राशिफल: २०८२ असार ७ गते शनिबार
मेष:साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा...
-
बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
इरानविरुद्ध अमेरिकाले हमला गर्ने नगर्ने भन्नेमा ट्रम्पले दुई सातामा निर्णय लिने
काठमाडौं । इजरायल-इरान युद्ध चलिरहेको बेला अमेरिकाले के गर्ला ? अहिले यो विषय प्रमुख चासोको रुपमा देखिएको छ । इरानमाथि...