गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकार्य राति पनि
चितवन । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि दुई ‘सिफ्ट’ मा काम गर्न थालिएको हो ।
झन्डै दुई महिनायता काम सुस्त भएपछि अघिल्लो हप्ता भरतपुर महानगरपालिका मेयर रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवम् कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । त्यसलगत्तै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिनुभयो ।
अहिले बिहान ७ देखि राति १० बजेसम्म एक सय ४० जनाभन्दा धेरै मजदुरले काम गरिरहेका र यो सङ्ख्या दुई सयभन्दा बढी पुर्याउने उहाँले बताउनुभयो । महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुग्नुभएकी महानगरकी मेयर दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको थियो ।
सङ्घीय सरकारले २५ करोड र बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गर्नुभएको थियो ।
रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












