भारत–पाकिस्तान तनावपछि पनि सीमा क्षेत्रमा नेपाली फौजको निगरानी
काठमाडौं । दक्षिणी छिमेकी भारतसँगको खुला सीमा जोडिएका क्षेत्रमा केही देशका नागरिकलाई नेपाली सुरक्षा फोजले विशेष निगरानीमा राखिरहेका छन् ।
नेपाली सुरक्षा अधिकारीहरूले पहलगाम घटना र पछिल्लो भारत-पाकिस्तान तनावपछि पनि निगरानीलाई जारी राखेका हुन् ।नेपाल र भारतका सुरक्षा अधिकारीहरूले गुप्तचरसम्बन्धी सूचनाहरू आदानप्रदान बढाएको र संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती बढाएको उनीहरूको भनाइ छ।
सीमा सुरक्षाबारे स्थानीय संयुक्त संयन्त्रका बैठकहरूलाई नियमित गरिएकाले त्यस्ता बैठकहरूको सङ्ख्या पनि बढेको अधिकारीहरूको भनाइ छ। भारतीय सञ्चारमाध्यमहरूले पनि दुई देशका सीमा सुरक्षाबलहरूले संयुक्त गस्ती गरिरहेको विवरणका खबरहरू प्रकाशित गरेका छन्।
त्यस्तै पछिल्ला दिनहरूमा नेपाल(भारत सीमा क्षेत्रमा ड्रोनहरू उडेको भन्ने अपुष्ट विवरणहरू केही नेपाली सञ्चारमाध्यमहरूमा आएका छन्। यद्यपि नेपाली अधिकारीहरूले सीमा क्षेत्रमा ड्रोन उडेको खबर सञ्चारमाध्यमसँग पुष्टि गरेनन्।
नेपालका भूतपूर्व वरिष्ठ सुरक्षा अधिकारीहरू भारत र पाकिस्तानबीच तनाव बढ्दा जहिल्यै पनि नेपाल(भारत सीमा क्षेत्रलाई लिएर दबाव उत्पन्न हुने बताउँछन्। त्यसका विभिन्न कारणहरू रहेको र त्यसमध्ये भारतमा भएका ूकतिपय घटनामा नेपाली भूमिबाट तेस्रो मुलुकका नागरिक भारत प्रवेश गरेको घटनाहरूको पृष्ठभूमिू मुख्य भएको उनीहरूको भनाइ छ।
कतिपय भारतीय सञ्चारमाध्यमहरूले नेपाली र भारतीय सुरक्षाकर्मीहरूले संयुक्त रूपमा सीमामा गस्ती बढाएको जनाइरहेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरूलाई उद्धृत गर्दै ती सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपालमा ‘सन्दिग्ध व्यक्तिहरू’ रहेको गोप्य सूचना प्राप्त भएपछि त्यस्तो गस्ती गरिएको हो।
यद्यपि नेपाली अधिकारीहरू यस्तो गस्ती नियमित रूपमा नै हुने गरेको तर भारत(प्रशासित कश्मीरको पहलगाममा भएको घटना अनि भारत र पाकिस्तानबीच बढेको तनावपछि भने त्यस्ता गस्तीको सङ्ख्या बढाइएको बताउँछन्। पहलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
पहिलेको तुलनामा नेपाल-भारत सीमा क्षेत्रमा कडाइ धेरै गरिएको र दुवै देशका सीमा सुरक्षाको जिम्मा पाएका निकायबीच थप समन्वय विस्तार गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालिदास धौबजीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
किन हटाइयो एमालेमा उमेर हद र दुई कार्यकालको व्यवस्था ?
काठमाडौं । नेकपा एमालेले अब ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा लागू नहुने निर्णय गरेको छ।...
-
अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो ।...
-
आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु..
काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नेपालमा नयाँ वर्ष वैशाख १ गतेबाट सुरु भएपनि नयाँ...
-
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दै
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन...