भारत–पाकिस्तान तनावपछि पनि सीमा क्षेत्रमा नेपाली फौजको निगरानी
काठमाडौं । दक्षिणी छिमेकी भारतसँगको खुला सीमा जोडिएका क्षेत्रमा केही देशका नागरिकलाई नेपाली सुरक्षा फोजले विशेष निगरानीमा राखिरहेका छन् ।
नेपाली सुरक्षा अधिकारीहरूले पहलगाम घटना र पछिल्लो भारत-पाकिस्तान तनावपछि पनि निगरानीलाई जारी राखेका हुन् ।नेपाल र भारतका सुरक्षा अधिकारीहरूले गुप्तचरसम्बन्धी सूचनाहरू आदानप्रदान बढाएको र संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती बढाएको उनीहरूको भनाइ छ।
सीमा सुरक्षाबारे स्थानीय संयुक्त संयन्त्रका बैठकहरूलाई नियमित गरिएकाले त्यस्ता बैठकहरूको सङ्ख्या पनि बढेको अधिकारीहरूको भनाइ छ। भारतीय सञ्चारमाध्यमहरूले पनि दुई देशका सीमा सुरक्षाबलहरूले संयुक्त गस्ती गरिरहेको विवरणका खबरहरू प्रकाशित गरेका छन्।
त्यस्तै पछिल्ला दिनहरूमा नेपाल(भारत सीमा क्षेत्रमा ड्रोनहरू उडेको भन्ने अपुष्ट विवरणहरू केही नेपाली सञ्चारमाध्यमहरूमा आएका छन्। यद्यपि नेपाली अधिकारीहरूले सीमा क्षेत्रमा ड्रोन उडेको खबर सञ्चारमाध्यमसँग पुष्टि गरेनन्।
नेपालका भूतपूर्व वरिष्ठ सुरक्षा अधिकारीहरू भारत र पाकिस्तानबीच तनाव बढ्दा जहिल्यै पनि नेपाल(भारत सीमा क्षेत्रलाई लिएर दबाव उत्पन्न हुने बताउँछन्। त्यसका विभिन्न कारणहरू रहेको र त्यसमध्ये भारतमा भएका ूकतिपय घटनामा नेपाली भूमिबाट तेस्रो मुलुकका नागरिक भारत प्रवेश गरेको घटनाहरूको पृष्ठभूमिू मुख्य भएको उनीहरूको भनाइ छ।
कतिपय भारतीय सञ्चारमाध्यमहरूले नेपाली र भारतीय सुरक्षाकर्मीहरूले संयुक्त रूपमा सीमामा गस्ती बढाएको जनाइरहेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरूलाई उद्धृत गर्दै ती सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपालमा ‘सन्दिग्ध व्यक्तिहरू’ रहेको गोप्य सूचना प्राप्त भएपछि त्यस्तो गस्ती गरिएको हो।
यद्यपि नेपाली अधिकारीहरू यस्तो गस्ती नियमित रूपमा नै हुने गरेको तर भारत(प्रशासित कश्मीरको पहलगाममा भएको घटना अनि भारत र पाकिस्तानबीच बढेको तनावपछि भने त्यस्ता गस्तीको सङ्ख्या बढाइएको बताउँछन्। पहलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
पहिलेको तुलनामा नेपाल-भारत सीमा क्षेत्रमा कडाइ धेरै गरिएको र दुवै देशका सीमा सुरक्षाको जिम्मा पाएका निकायबीच थप समन्वय विस्तार गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालिदास धौबजीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...











