गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित भएको बताउनुभएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री लेखको राजीनामा र छानबिनको माग गर्दै आएका छन् ।काठमाण्डौमा शनिबार बिहान भएको ‘कान्तिपुर हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै पनि निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा र छानबिनको माग राखेर संसद अवरोध गर्न नहुने बताउनुभयो ।
प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्ने तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले रवि लामिछानेतर्फ लक्षित गर्दै तत्कालीन गृहमन्त्रीको राजीनामा मागेको अवस्थामा गृह मातहतको सीआईबीले छानबिन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिन्छ तर सक्कली हात्तीलाई नै झोलामा हालिदेउभन्दा सकिन्न, त्यस्तै अहिले विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामा सम्भव छैन ।’
बजेटको सन्दर्भमा प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट यथार्थपरक र कार्यान्वयनमा सम्भव हुने हिसाबले आएको बताउनुभएको छ । पूर्वाधार विकासमा धेरै काम भएकाले सरकारले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएको उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार...












