देशभरिका उपप्रमुख–उपाध्यक्षको भेला विराटनगरमा, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि
विराटनगर । यही जेठ २३ र २४ गते विराटनगरमा देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपप्रमुख–उपाध्यक्षको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदैछिन् । उनी कार्यक्रमको अघिल्लो दिन २२ गते बिहीबार नै विराटनगर पुग्ने बुझिएको छ ।
विराटनगर महानगरपालिकाको आयोजनामा हुने सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले दिएको अधिकार र कार्यान्वयनमा चुनौतीलगायतको वियषमा पनि घनिभूत छलफल हुनेछ ।
कतिपय पालिकाका उपप्रमुख र उपाध्यक्षहरु अझै पनि आफ्नो काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा प्रष्ट नभएकाले त्यस सम्बन्धमा छलफल गर्दै प्रष्ट पार्न सम्मेलन आयोजना गरिएको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा कार्कीले न्यूज नेपाललाई जानकारी दिइन् । कार्कीले थप प्रष्ट पार्दै भनिन्, ‘उपप्रमुख र उपाध्यक्षलाई दिइएको जिम्मेवारी कानुनबमोजिम कार्यान्वयन गर्न अप्ठ्याराहरु हुन्छन्, त्यस्ता विषयबस्तुमा हामी छलफल गर्नेछौं ।’
कानुनमा नितीगत सुधार गर्नुपर्ने र संशोधन गर्नुपर्ने कु्राहरु के छन् ती सबै विषय समेटेर एउटा घोषणपत्र तयार गरिने पनि उपप्रमुख कार्कीले जानकारी दिइन् । सम्मेलनमा घनिभूत छलफल गरेर तयार पारिएको घोषणापत्र केन्द्रीय सदनसमक्ष पेश गरिने भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियता
चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपप्रमुख–उपाध्यक्षको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदैछिन् । पछिल्लो समय क्रमशः राजनीतिक सक्रियता बढाउँदै गएकी पूर्वराष्ट्रपति भण्डारीले यसअघि चार प्रदेशमा आयोजना भएका एमालेका विभिन्न कार्यक्रममा सहभागिता जनाएकी छन् ।
दुई महिनाको बीचमा भण्डारी सातवटामध्ये चारवटा प्रदेशमा राजनीतिक भेटघाटमा सहभागी भइन् । लुम्बिनी, बागमती, गण्डकी र कोशीका विभिन्न ठाउँमा सहभागी हुँदा पूर्वराष्ट्रपति भण्डारीले एमाले सम्बद्ध नेता–कार्यकर्ताहरुसँग भेटघाट तथा परामर्श गरेकी थिइन् । बाँकी रहेका तीन प्रदेश कर्णली, सुदूरपश्चिम र मधेश प्रदेशमा पनि जाने योजना रहेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











